Sep 08 2024 | २०८१, भदौ २३ गते

एमाले सांसदले पुष्पलालको सट्टा पुष्पकमल दाहाल भनेपछि नियमापत्ती

एमाले सांसदले पुष्पलालको सट्टा पुष्पकमल दाहाल भनेपछि नियमापत्ती

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
  • एमाले सांसदले पुष्पलालको सट्टा पुष्पकमल दाहाल भनेपछि नियमापत्ती

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नियमापत्ती जनाएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै गरेका एमालेका सांसद किरण कुमार साहले पुष्पलाल श्रेष्ठ भन्नुपर्नेमा पुष्पकमल दाहाल भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले नियमापत्ती जनाए। सांसद साहले तत्कालै आफूले बोलेका शब्द सच्चाएका थिए। तर,  

    images
    images

    सांसद पाण्डेले नियमापत्ती जनाए। साहले भनेका थिए,'नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल  पुष्पलालज्यूको ४६ औं स्मृति दिवसको उपलक्ष्यमा श्रद्धासुमन व्यक्त गर्न चाहन्छु।' उनी बोल्दै गर्दा पाण्डेले नियमापत्ती जनाएपछि  सभामुखले साहलाई रोकेर उनलाई बोल्न दिएका थिए।

    त्यसपछि पाण्डेले भने,'नियमापत्ती गराएको छु सभामुखज्यू। उहाँले पुष्पकमल दाहाल भन्नु भएको छ। के भन्न खोज्नु भएको हो ?  वास्तवमा उहाँले कसरी लैजानु भएको हो ? एउटा माननीयले बोल्दा आफूलाई के बोलिरहेछु भन्ने कुरा थाहा हुनुपर्छ भन्ने  मलाई लाग्छ। योबारेमा नियमापत्ती जनाउँछु। ' त्यसपछि सभामुख देवराज घिमिरेले सांसद साहलाई आफूले बोलेको विषयमा प्रष्ट पार्न निर्देशन दिए। सभामुखले भने,'माननीयज्यू तपाईंले बोलेको विषयमा नियमापत्ती आएको छ। के बोल्नु भएको होरु यस विषयमा स्पष्ट पार्नुहोस्।'

    जवाफमा साहले भने,'आफूले बोल्दै गर्दा पुष्पलाल भन्नुपर्नेमा  पुष्पकमल दाहाल भन्न आएकाले क्षमा चाहन्छु।' त्यसपछि उनले आफ्नो भनाइलाई अगाडि बढाए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट