Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता

गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
  • गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित गृहमन्त्रा पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाइ दिए । 

    images
    images
    images

    भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। यस्तै उनले नेपालको पूर्वाधार विकासलगायत क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताए। 

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पु-याएको सहयोगका लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।

    राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे । नेपाल र चीनबीच सांस्कृतिकलगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उनले विश्वास व्यक्त गरे ।

    यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरुको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पारेका थिए । साथै अध्यगमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उनको भनाइ थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार