Sep 08 2024 | २०८१, भदौ २३ गते

सांसदले घुस दिएका विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लेखक

सांसदले घुस दिएका विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लेखक

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ८ २०८१
  • सांसदले घुस दिएका विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोेले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरी निर्देशन दिइसकेको बताएका छन् । 

    images
    images

    प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका हुन् ।

    उनले आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको समेत बताए । “प्रहरीलाई उक्त घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ । यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ”, गृहमन्त्री लेखकले भने, “सदनमा एक सदस्यले आफनो छोराको सर्टिफिकेटको सन्र्दभमा विचौलीयालाई घुस दिएको कुरा उठाएका छन् । मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउनका लागि सहयोग गरिन आग्रह गरेको छु ।”

    जनता समाजवादी पार्टीका सांसद महतोले  सदनमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए । उनले आफनो छोराको सर्टिफिकेट इक्युभ्यालेन्टका लागि घुस दिनुपरेको अभिव्यक्तिप्रति सांसदहरुले सभामुखसँग रुलिङको माग गरेका थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट