Sep 08 2024 | २०८१, भदौ २३ गते

सौर्य एअरलाइन्स व्यवस्था टीमका पाँच जना सवार थिए विमानमा

सौर्य एअरलाइन्स व्यवस्था टीमका पाँच जना सवार थिए विमानमा

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ९ २०८१
  • सौर्य एअरलाइन्स व्यवस्था टीमका पाँच जना सवार थिए विमानमा

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा सवार १९ मध्ये पाँच जना सौर्यकै व्यवस्थापन टीमका सदस्य रहेको पाइएको छ।

    images
    images

    दुर्घटनामा परेको विमानका क्याप्टेन मनीषरत्न शाक्य एअरलाइन्सका अपरेशन प्रमुख समेत हुन्। त्यस्तै, चीफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चीफ अफ क्युए दिलीप बर्मा रहेको एअरलाइन्सका एक अधिकारीले जानकारी दिए।

    एस कटुवाल कोपाइलट हुन् भने बाँकी सबै यात्रु एअरलाइन्सकै कर्मचारी हुन्। विमानमा रहेका अरिफ रेड बाहेक सबै नेपाली नागरिक हुन्। १९ मध्ये एक जना महिला थिइन्।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारी अनुसार दुर्घटनामा १८ जनाको  ज्यान गएको छ भने एक जनाको उपचार भइरहेको छ।

    त्रिभुवन विमानस्थलबाट साउन ९ गते बिहान ११स्११ बजे पोखराका लागि उडेको ‘९एन-एएमई’ विमान लगत्तै दुर्घटनामा परेको हो। विमान मर्मतका लागि पोखरा जाँदै थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट