Sep 08 2024 | २०८१, भदौ २३ गते

विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैँ

विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैँ

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १० २०८१
  • विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैँ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदैछ । बुधबार बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको थियो । यस्तै दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षण आज पनि जारी छ ।

    images
    images

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण भइरहेको छ । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको बताए । उनका अनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ भने अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको छ ।

    डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो । विमानका पाइलट मनिष शाक्य घाइते छन् । उनको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट