Sep 08 2024 | २०८१, भदौ २३ गते

सिमलताल दुर्घटना : ११ दिनमा कार्यदलले सकेन काम, थप सात दिन माग 

सिमलताल दुर्घटना : ११ दिनमा कार्यदलले सकेन काम, थप सात दिन माग 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १० २०८१
  • सिमलताल दुर्घटना : ११ दिनमा कार्यदलले सकेन काम, थप सात दिन माग 

    चितवन । सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले तोकिएको समयमा काम नसकिएपछि म्याद थपिदिन सरकारसँग अनुरोध गरेको छ । सरकारले ६२ जना यात्रु लिएर गुडिरहेको दुईवटा बसलाई लदोसहितको पहिरोले त्रिशूलीमा बेपत्ता बनाएको घटनाको तथ्य पत्ता लगाउन साउन ३१ गते कार्यदल बनाएको थियो ।

    images
    images

    गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो । ११ दिनको कार्य समय दिएर बनाएको कार्यदलले प्रतिवेदन समयभित्र बुझाउन नसकेपछि म्याद थपिदिन माग गरेको हो ।

    कार्यदल संयोजक रिजालका अनुसार कार्यदलले स्थलगत अध्ययन र हराइरहेका यात्रुका आफन्त, दुर्घटनामा बाँचेका तीनजनासँग पनि कुराकानी गरिसकेको छ । उनले भने, ‘हामीले प्रतिवेदनको खाका पनि बनाइसकेका छौँ, तर हिजो काठमाडौंमा भएको दुर्घटनाका कारण पनि केही काम बाँकी रह्यो ।’

    गृहसचिव पनि काठमाडौं बाहिर भएकोले प्रतिवेदन बुझाउने समय लम्बिएको पनि जनाइएको छ । उनले आफूहरूले प्रतिवेदन बुझाउने सात दिन म्याद थपिदिन माग गरेपनि आइतबार वा सोमबारसम्म प्रतिवेदन बुझाउने जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट