Sep 08 2024 | २०८१, भदौ २३ गते

टीआरसी विधेयक : कार्यदल सहमतिनजिक, सोमबार फेरि बसेर टुंग्याउने 

टीआरसी विधेयक : कार्यदल सहमतिनजिक, सोमबार फेरि बसेर टुंग्याउने 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
  • टीआरसी विधेयक : कार्यदल सहमतिनजिक, सोमबार फेरि बसेर टुंग्याउने 

    काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकपछि कार्यदलका सदस्य जनार्दन शर्माले आफूहरू सहमतिनजिक पुगेको बताए ।

    images
    images

    अब सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार पार्ने उनको भनाइ छ । ‘सैद्धान्तिक रूपमा हामी सहमतिकै ठाउँमा आइसकेका छौं । शब्द र भाषाहरू मिलाउने हिसाबले संविधान उपयुक्त बनाउन बाँकी छन्,' उनले भने, 'सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ । हामीले मुख्य कुरा पीडित केन्द्रित बनाउने नै भनेका छौं ।' यस्तै, कार्यदल संयोजक महेश बर्तौलाले पनि आफूहरू सैद्धान्तिकरूपमा सहमतिनजिक पुगेको बताए । पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तराष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने कार्यदल उनको भनाइ छ ।

    अब परामर्शपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनले बताए । 'हामी यो विषयलाई अन्तिम रूप दिँदैछौं । फाइनल गर्न सोमबारसम्म रायहरू पनि लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछौं,' उनले भने ।  कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक बर्तौँला र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट