Aug 22 2026 | २०८३, भदौ ६ गते

"त्रास होइन, विश्वास जगाऊ": कानुनमन्त्रीको अख्तियारलाई स्पष्ट सन्देश

"त्रास होइन, विश्वास जगाऊ": कानुनमन्त्रीको अख्तियारलाई स्पष्ट सन्देश

कानुनमन्त्रीको अख्तियारलाई स्पष्ट सन्देश

बिहीबार , भदौ ४ २०८३
बिहीबार , भदौ ४ २०८३
  • "त्रास होइन, विश्वास जगाऊ": कानुनमन्त्रीको अख्तियारलाई स्पष्ट सन्देश

    काठमाडौं — कानुनमन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र, निष्पक्ष र प्रमाणमा आधारित भएर काम गर्ने संस्था हुनुपर्ने बताएकी छिन्।

    images

    राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले संवैधानिक निकायको सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिबद्ध रहेको बताइन्। उनले अख्तियारलाई बलियो बनाउनुपर्नेमा कुनै द्विविधा नरहेको स्पष्ट पारिन्।

    तर, अख्तियारको संस्थागत शक्ति त्रास सिर्जना गरेर प्रदर्शन गर्नेभन्दा निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्ने क्षमताबाट स्थापित हुनुपर्ने उनको भनाइ छ। "संस्थाको बल त्रास सिर्जना गरेर हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकदम बलियो छौं भनेर त्यो पगरी गुथ्ने संस्था हुनुहुँदैन," उनले भनिन्, "निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्नका लागि, अझ भनौं प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ।"

    भ्रष्टाचार गर्नेहरू अख्तियारसँग डराउनुपर्ने भए पनि इमानदार कर्मचारीमा भने त्रासको वातावरण सिर्जना हुन नहुने मन्त्री गौतमले बताइन्। उनका अनुसार कतिपय अवस्थामा कर्मचारीतन्त्रले निर्णय लिन र काम गर्न हिच्किचाउँदा सरकार नै अनिर्णयको बन्दी बन्ने अवस्था देखिएको छ।

    मन्त्री गौतमको यो भनाइले अख्तियार र निजामती कर्मचारीतन्त्रबीचको सम्बन्ध, तथा भ्रष्टाचार नियन्त्रण र प्रशासनिक कार्यसम्पादनबीचको सन्तुलनसम्बन्धी बहसलाई थप तात्तेको छ। हालसालैका केही उच्च-प्रोफाइल अनुसन्धानका सन्दर्भमा अख्तियारको कार्यशैलीबारे उठेका प्रश्नहरूको पृष्ठभूमिमा यो वक्तव्य आएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट