Aug 22 2026 | २०८३, भदौ ६ गते

सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ

सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ

सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ

बिहीबार , भदौ ४ २०८३
बिहीबार , भदौ ४ २०८३
  • सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ

    बाराको जितपुरसिमरा उपमहानगरपालिकामा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाई बलात्कारपछि हत्या गरिएको खुलेको छ।

    images

    घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा थप टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि खटाइएको थियो।

    अनुसन्धानबाट मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी रहेको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय एक किशोर र म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ र बालिकाको शव पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख छ।

    यस घटनापछि स्थानीयमा व्यापक आक्रोश देखिएको छ। दोषीलाई कडा कारबाही गर्न माग गर्दै सिमरामा राजमार्ग अवरुद्ध गरिएको समेत समाचार आएको छ। यसैगरी स्थानीय सांसदले घटनामा प्रहरीको लापरबाही भएको आरोप लगाएका छन्।

    बालबालिकामाथि हुने यौन हिंसाका यस्ता घटना नेपालमा बारम्बार दोहोरिइरहेकाले बालबालिकाको सुरक्षा र यस्ता अपराधविरुद्ध कडा कानुनी कारबाहीको खाँचो रहेको सर्वसाधारण तथा अधिकारकर्मीहरूले औंल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट