Aug 22 2026 | २०८३, भदौ ६ गते

नेपाल वातावरणमैत्री रोजगारी मिसन प्रतिवेदन मन्त्रीसमक्ष पेस, पाँच वर्षमा १ लाख ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

नेपाल वातावरणमैत्री रोजगारी मिसन प्रतिवेदन मन्त्रीसमक्ष पेस, पाँच वर्षमा १ लाख ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

पाँच वर्षमा १ लाख ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ५ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ५ २०८३
  • नेपाल वातावरणमैत्री रोजगारी मिसन प्रतिवेदन मन्त्रीसमक्ष पेस, पाँच वर्षमा १ लाख ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

    काठमाडौं । नेपालमा वातावरणमैत्री अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो तथा मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले गठित कार्यदलले तयार पारेको "नेपाल वातावरणमैत्री रोजगारी मिसन (नेपाल ग्रिन जब्स मिसन)" सम्बन्धी प्रतिवेदन युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसमक्ष पेस गरिएको छ ।

    images

    मन्त्रालयकै समन्वयमा सञ्चालन गर्ने प्रस्ताव गरिएको यस मिसनले सबै नागरिकका लागि वातावरणमैत्री सीप तथा मर्यादित रोजगारीका अवसरमा समान पहुँच सुनिश्चित गर्दै आर्थिक रूपान्तरणलाई गति दिने लक्ष्य लिएको छ ।

    प्रतिवेदनअनुसार वातावरणमैत्री सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा लगानीयोग्य परियोजनालाई रोजगारी सिर्जनासँग जोड्ने योजना छ । यसैका माध्यमबाट आगामी पाँच वर्षमा १ लाख ५० हजार वातावरणमैत्री रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारिएको छ ।

    मिसनले वातावरण संरक्षणसँगै आर्थिक विकास र रोजगारी सिर्जनालाई एकीकृत गर्दै युवालाई वातावरणमैत्री अर्थतन्त्रका नयाँ सम्भावनासँग जोड्ने परिकल्पना गरेको छ । वातावरणमैत्री प्रविधि, वातावरणमैत्री उत्पादन, नवीकरणीय ऊर्जा, दिगो कृषि तथा अन्य सम्बन्धित क्षेत्रमा आवश्यक जनशक्ति विकास गरी रोजगारीका नयाँ अवसर विस्तार गर्ने यस मिसनको उद्देश्य रहेको छ ।

    प्रतिवेदन बुझिसकेपछि मन्त्रालयले यसलाई कार्यान्वयनमा लैजान थप छलफल तथा तयारी अघि बढाउने बताएको छ । वातावरणमैत्री रोजगारीलाई मुलधारमा ल्याउँदै युवा जनशक्तिलाई दिगो आर्थिक अवसरसँग जोड्ने यो प्रयास आगामी दिनमा नेपालको श्रम बजार र हरित अर्थतन्त्रका लागि महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट