Aug 22 2026 | २०८३, भदौ ६ गते

पुल बनाइदिन "प्रचण्ड बाजे"लाई किशोरीको अनुरोध, भिडियो १३ लाख भ्यु पार

पुल बनाइदिन "प्रचण्ड बाजे"लाई किशोरीको अनुरोध, भिडियो १३ लाख भ्यु पार

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ४ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ४ २०८३
  • पुल बनाइदिन "प्रचण्ड बाजे"लाई किशोरीको अनुरोध, भिडियो १३ लाख भ्यु पार

    रुकुम पूर्व, भदौ ४, २०८३ (२० अगस्ट, २०२६) — रुकुम पूर्वकी १५ वर्षीया किशोरी सादिक्षा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सम्बोधन गर्दै आफ्नो गाउँको भत्किएको पुल मर्मत गरिदिन अनुरोध गर्दै बनाएको भिडियो सामाजिक सञ्जालमा ह्वात्तै भाइरल भएको छ।

    images

    भूमे गाउँपालिका–९ चुनबाङस्थित डोमाई खोलामाथिको भत्किएको पुल देखाउँदै ओलीले भिडियोमा भनेकी छन् "नमस्ते हजुरबुबा प्रचण्ड! तपाईं कहाँ हुनुहुन्छ? रुकुम पूर्वबाट चुनाव जित्नुभयो र जानुभयो। हाम्रो पुलको यो हालत हेर्नुहोस् त। यो भत्किएको छ, हामी खोला टेकेरै तर्नुपर्छ। यसले हाम्रो गाईबस्तु वा हामीलाई नै बगाउन सक्छ। विद्यार्थीहरू पनि यही बाटो भएर स्कुल जान्छन्, उनीहरू पनि बग्न सक्छन्। त्यसैले हामीलाई पुल बनाइदिनुहोस्।"

    ओलीले आइतबार साँझ फेसबुकमा राखेको यो भिडियोले ४८ घण्टाभित्रै १३ लाखभन्दा बढी भ्यु, १ लाखभन्दा बढी प्रतिक्रिया र हजारौं कमेन्ट बटुलेको छ। गैरीगाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा १० की विद्यार्थी ओलीले दाजु सन्दीपको सहयोगमा एक महिनाअघि मात्रै फेसबुक खाता खोलेकी हुन्।

    विद्यालय, वडा कार्यालय र जिल्ला सदरमुकाम जोड्ने यो पुल दुई महिनाअघि भत्किएको हो, तर हालसम्म मर्मत भएको छैन। वर्षायाममा खोलाको बहाव बढ्दा विद्यार्थीलगायत स्थानीयवासीका लागि आवतजावत झन् जोखिमपूर्ण बनेको छ।

    • लगभग एक महिनाअघि उनले ड्रोनको प्रयोग गरी घर नफर्किएका गाईबस्तु खोज्दै बनाएको भिडियोले ४ लाखभन्दा बढी भ्यु पाएको छ।
    • च्याउ खोज्दै ड्रोनबाट खिचेको अर्को भिडियोले पनि १० लाखभन्दा बढी भ्यु पार गरेको छ।
    • "Sadiksha Visuals" नामक उनको फेसबुक पेजले एक महिनामै १३ हजार फलोअर पुर्‍याइसकेको छ।

    गाउँमा नेपाल टेलिकमको मोबाइल डाटा राम्ररी काम नगर्ने र वाइफाइको गति पनि कमजोर रहेको ओलीले बताएकी छन्। यद्यपि यसैबीच उनले आफ्नो भिडियो निर्माण सीप थप सुधार्ने र पढाइलाई पनि निरन्तरता दिने बताएकी छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट