Sep 08 2024 | २०८१, भदौ २३ गते

अब ३ करोडसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने

अब ३ करोडसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • अब ३ करोडसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने

    काठमाडौं। अब ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने भएको छ। नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि यस्तो व्यवस्था गरेको हो।

    images
    images

    यसअघि यस्तो सीमा १ करोड रुपैयाँसम्म थियो। ‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म (उत्पादनमूलक उद्योगका हकमा कूल ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीका लागि यो मार्गदर्शन लागू हुने छैन,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा छ।

    यस्ता ऋणीलाई प्रवाह हुने चालू पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्ने राष्ट बैंकले उल्लेख गरेको छ। 

    तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार उक्त मार्गदर्शनबमोजिम नै हुनुपर्ने छ। 

    केन्द्रीय बैंकले उत्पादनमूलक उद्योगको हकमा ३ करोड रुपैयाँसम्म चालूपुँजी कर्जा सीमा लागू नहुने व्यवस्था गरेको छ। यसअघि १ करोड रुपैयाँ थियो।

    यस्ता ऋणीलाई प्रवाह हुने चालूपुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालूपुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन्।  

    त्यसैगरी २ करोड रुपैयाँसम्मको उत्पादनमूलक उद्योगको हकमा सीमालाई बढाएर ४ करोड रुपैयाँ पुर्याइएको छ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट