भुटानको ‘ड्रुक एयर’ले पोखरामा व्यवासायिक उडान भर्दै
भुटानको ‘ड्रुक एयर’ले पोखरामा व्यवासायिक उडान भर्दै
काठमाडौँ । भुटानको ‘ड्रुक एयर’ पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा व्यवासायिक उडान गर्ने भएको छ । ड्रुकले भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट पोखरा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि हप्तामा ७ फ्लाइट गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । यसअनुसार एयरले पहिलो उडान सेप्टेम्बर ९ का दिन गर्नेछ ।
उनका अनुसार भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ । यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो ।