Sep 08 2024 | २०८१, भदौ २३ गते

कोशी प्रदेश सरकारले सरकारी कोषबाट बजेट खर्च गर्न नपाउने

कोशी प्रदेश सरकारले सरकारी कोषबाट बजेट खर्च गर्न नपाउने

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • कोशी प्रदेश सरकारले सरकारी कोषबाट बजेट खर्च गर्न नपाउने

    कोशी प्रदेश सरकारले सरकारी कोषबाट बजेट खर्च गर्न नपाउने भएकाे छ । कोशी प्रदेशले ल्याएको आर्थिक अध्यादेश संसदबाट स्वीकृत नहुँदा बजेट खर्च गर्नबाट वञ्चित भएको हो । 

    images
    images

    राजनीतिक अस्थिरताका कारण अल्पमतमा परेपछि प्रदेश सरकारले संसद् अधिवेशन अन्त्य गरेर जेठ ३१ गते अध्यादेशमार्फत ल्याएको बजेट असार १४ गते प्रदेश सभामा टेबुल गरिएको थियो । 

    अध्यादेश टेबुल भएको ६० दिनभित्र संसदमा प्रतिस्थापन विधेयक दर्ता गरी पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप संसदमा प्रतिस्थापन विधेयक पेश हुन नसक्दा प्रदेशमा बजेटविहीन अवस्था सिर्जना भएको हो । संविधान बमोजिम अध्यादेश स्वतः निष्क्रिय भएपछि कोशी प्रदेशमा सम्पूर्ण विकास निर्माणका योजनाहरु अवरुद्ध भएका छन् । यस अवधिमा भएका खर्चको भुक्तानीमा पनि समस्या हुने भएको छ । 

    अध्यादेश निष्क्रिय भएपछि सरकारले अत्यावश्यक र साधारण खर्च बाहेक विनियोजन शीर्षकबाट हुने सम्पूर्ण खर्चहरु आजैबाट बन्द भएको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्राविधिक कारणले कोशी प्रदेशमा बजेट खर्च गर्न नसक्ने अवस्था सिर्जना भएपनि त्यसलाई ठूलो विषयको रुपमा लिन नपर्ने उनले बताए । राजनीतिले निकास पाउनासाथ वा सर्वोच्च अदालतले बाटो खोल्नासाथ बजेटमा देखिएको समस्या समाधान हुने दलका नेताहरुले बताएका छन् । 

    बजेटविहीनताको अवस्था आएसँगै कोशी प्रदेशमा पारिश्रमिक, घरभाडा, इन्धन तथा प्रशासनिक आदि खर्च गर्ने बाटो अवरुद्ध भएको छ । यद्यपि सरकारले बजेटविहीनताको अवस्था उत्पन्न भएको भन्दै सरकारलाई अध्यादेश जारी गर्ने अधिकार दिनुपर्ने माग गर्दै एक दुई दिनभित्रै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट