Sep 08 2024 | २०८१, भदौ २३ गते

स्टार्टअपको परिभाषा नहुँदा प्रवर्द्धन नीतिहरु कार्यान्वयनमा आउन सकेनन् : चन्द्र ढकाल

स्टार्टअपको परिभाषा नहुँदा प्रवर्द्धन नीतिहरु कार्यान्वयनमा आउन सकेनन् : चन्द्र ढकाल

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • स्टार्टअपको परिभाषा नहुँदा  प्रवर्द्धन नीतिहरु कार्यान्वयनमा आउन सकेनन् : चन्द्र ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन्।

    images
    images

    सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

    अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए। उनले स्टार्टअप उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवद्र्धन कार्यक्रमहरु समेत कार्यान्वयन आउन नसकेको उल्लेख गरे।

    अध्यक्ष ढकालले सरकारले स्टार्टअप सम्बन्धी स्पष्ट नीति बनाउन नसक्दा स्टार्टअपलाई परिभाषित गर्न नसकिएको बताए। उनले सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए।

    उनले सरकारले स्टार्टअप नीति ल्याएर नवप्रवर्तनकारी युवाहरुलाई सहयोग प्रदान गर्नु आजको आवश्यकता रहेको बताए। अध्यक्ष ढकालले स्टार्टअप स्थापना पछिको निरन्तरताका लागि आवश्यक पुँजी, उचित मार्गदर्शन र बलियो साझेदारी जरुरी हुने बताए।

    उनले भने, ‘उद्योग वाणिज्य महासंघले स्टार्टअप नीतिको ड्राफ्ट बनाएर मन्त्रालयमा पेस गरेका थियौं। त्यसमा धेरै चरणको छलफल भइसकेको छ। स्टार्टअप नीति छिटै पारित गर्नुपर्छ भन्ने महासंघको धारणा रहेको छ। यसले नीतिगत स्पष्टतासँगै स्टार्टअपलाई परिभाषित पनि गर्ने छ। जुन अझै हुन सकेको छैन।’

    अध्यक्ष ढकालले स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था बजार विकास सुविधाका महासंघले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको उल्लेख गरे।

    उनले नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न नसकिने बताए। उनले स्टार्टअप प्रवद्र्धनको लागि स्टार्टअप इकोसिस्टमलाई प्रवद्र्धन प्रभावकारी र क्रियाशील बनाउन जरुरी रहेको बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट