Sep 08 2024 | २०८१, भदौ २३ गते

२६ भदौदेखि सवारीसाधनको कुम्भ मेला

२६ भदौदेखि सवारीसाधनको कुम्भ मेला

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • २६ भदौदेखि सवारीसाधनको कुम्भ मेला

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको १५औँ संस्करणको नाडा अटो सोको तयारी अन्तिम चरणमा पुगेको छ । नाडाले २६ भदौदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अटोमोबाइलको कुम्भ मेला आयोजना गर्ने भएको हो । 

    images
    images

    अटो सोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवालगायतका स्टलहरू रहने आयोजक संस्था नाडाले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० वटा स्टल रहनेछन् । जसमा १६ वटा ब्रान्डका चारपांग्रे, २२ वटा ब्रान्डका दुईपांग्रे, सातवटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, नौवटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहने बताइएको छ ।

    विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान हुन लागेको संकेत देखिएको आयोजकले जनाएको छ । नाडाका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारीसाधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले विश्वास लिएको छ । 

    प्रदर्शनीमा अवलोकनकर्ताको सुविधालाई विशेष ध्यानमा राखी दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरूको छुट्टाछुट्टै प्रदर्शन गरिने बताइएको छ । प्रदर्शनीस्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यु टावरलगायतका सार्वजनिक पार्किङस्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिनेछ ।६ दिनसम्म चल्ने अटो सोमा करिब ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट