Sep 08 2024 | २०८१, भदौ २३ गते

सेयर बजार लयमा फर्किएन, आज पनि ओरालाे यात्रामै

सेयर बजार लयमा फर्किएन, आज पनि ओरालाे यात्रामै

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • सेयर बजार लयमा फर्किएन, आज पनि ओरालाे यात्रामै

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ५.०५ अंकले घटेको छ । सुस्ताएको सेयर बजार १९९३.४२ विन्दुमा रोकिएको छ ।

    images
    images

    मंगलबार ०.२५ प्रतिशतले बजार घटेको छ । बजारमा आएको सुस्ततालाई यसको कारोबार रकमले समेत पुष्टि गरेको छ ।

    मंगलबार २७८ धितोपत्रको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । जसबाट मात्र ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । मंगलबार अधिकांश उपसूचक घटेको छ ।

    घट्दो बजारमा पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड, आशा लघुवित्त, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ । स्वाभिमान लघुवित्त, सामलिङ पावर, एनआईबीएल ग्रोथ फण्ड, अपर सोलु हाइड्रोसहितका धितोपत्रको मूल्य बढी घटेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट