Sep 08 2024 | २०८१, भदौ २३ गते

डोल्पास्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डित ४ दिनदेखि बेपत्ता 

डोल्पास्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डित ४ दिनदेखि बेपत्ता 

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • डोल्पास्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डित ४ दिनदेखि बेपत्ता 

    डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन्। 

    images
    images

    जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्मबाट निस्किएका पण्डित साँझसम्म नफर्किएपछि खोजी गर्न थालिएको थियो।

    त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा खोजी जारी राखिएको छ। 

    सेनानी पण्डितको मोबाइल पनि अफ रहेको डीएसपी बुढाथोकीले बताए। उनको खोजी गर्न ठूलो संख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। 

    डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अंगरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले खोज्न समस्या भएको बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट