Sep 08 2024 | २०८१, भदौ २३ गते

युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ४ २०८०
  • युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

    काठमाडौँ । गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएको छ । 

    images
    images

    इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो ।

    संयुक्त राष्ट्रसङ्घले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउन सक्ने नयाँ युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ ।

    गाजा पट्टीमा इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमासको स्रोतले बुधबार जनाएको छ ।

    कतारस्थित हमासका नेता इस्माइल हनियाहले इजिप्टका गुप्तचर प्रमुख र अन्यसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाईका लागि सम्झौता तयार गर्न’ वार्ता गर्न ‘उच्चस्तरीय’ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।

    इजरायली नेताहरूले गाजामा बन्धक बनाइएका १२९ जना बन्धकहरूको रिहाईका लागि बढ्दो मागहरूको सामना गरिरहेका छन् र मङ्गलबार उहाँले हमाससँग वार्ताको टेबुलमा फर्कने सङ्केत दिएका छन् ।


    इजरायली राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश बन्धकहरूको रिहाईका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको बताएका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना गुप्तचर प्रमुखलाई ‘हाम्रा बन्धकहरूलाई मुक्त गर्न’ दुई पटक युरोप भ्रमणमा पठाएको बताएका छन् । 

    यसैबीच प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादले मङ्गलबार भिडियो फुटेज सार्वजनिक गर्दै गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको दाबी गरेको छ ।

    गत अक्टोबर ७ मा गाजाबाट हमासका लडाकुहरू बाहिर निस्केपछि युद्ध सुरु भएको र इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ ।

    गाजाको हमासको नेतृत्वमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १९ हजार ६६७ जनाको ज्यान गएको र त्यसमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट