Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्री कप महिला क्रिकेट :कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

प्रधानमन्त्री कप महिला क्रिकेट :कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
  • प्रधानमन्त्री कप महिला क्रिकेट :कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

    काठमाडौँ । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ । 

    images
    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको हो । बागमती लागि यशोदा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् । 

    त्यस्तै अस्मिना कर्माचार्यले २४ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन् भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीन तीन जोडे । 

    बलिङतर्फ कोशी प्रदेशकी अप्सरी बेगम र सबनम राईले समान दुई–दुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् । कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट