Sep 08 2024 | २०८१, भदौ २३ गते

एपीएफले भारतीय क्लब वन्डरर्सलाई दियो १४५ रनको लक्ष्य

एपीएफले भारतीय क्लब वन्डरर्सलाई दियो १४५ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
  • एपीएफले भारतीय क्लब वन्डरर्सलाई दियो १४५ रनको लक्ष्य

    काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले भारतको नोयडास्थित वन्डरर्स क्लबलाई जितका लागि एक सय ४५ रनको विशाल लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनाएको हो ।

    images
    images

    एपीएफ क्लबका लागि ओपनर हरिशंकर शाहले २३ र आसिफ शेखले १९ रनको योगदान गरे । हरिशंकरले २५ बलमा चार चौका थत आसिफले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । कप्तान प्रदीप ऐरीले पनि टोलीको खातामा २४ रन थपे । उनले २२ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । सुमित महर्जन ११ रनमा आउट भए ।

    सन्दीप जोराले २० रन बनाए । उनले १५ बलमा दुई चौका हिर्काए । लोकेश बमले अविजित १९ रन र अमर रौतेलाले अविजित १७ रन बनाए । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । वन्डरर्सका बलर अलिप्त गुप्ताले दुई विकेट लिए । हर्षित सेठी, सञ्जिव चतुर्वेदी र रितिक वत्सले पनि एक–एक विकेट हात पारे । एपीएफ क्लब यसअघि आफूले खेलेको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ । भारतीय क्लब वन्डरर्सले भने यसअघि आफूले खेलेको दुबै खेलमा पराजय भोगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट