आइसिसी क्रिकेट : ओडिआइ सिरिज खेलको प्रशारण, डिजिटल तथा प्रबर्दन सर्वाधिकार एडी रिलिजमा निहित
आइसिसी क्रिकेट : ओडिआइ सिरिज खेलको प्रशारण, डिजिटल तथा प्रबर्दन सर्वाधिकार एडी रिलिजमा निहित
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान ) र एडी रिलिज बीच भएको सम्झौता अनुसार फेब्रुअरी ८ तारिख देखि मार्च ५ सम्म हुने आइसिसी क्रिकेट ICC CWC League - 2 र 2024 को बाइल्याट्रल ओडिआइ खेल नेपाल र क्यानाडा बीच हुने ६ वटा ODI खेल र नेपाल,नामिबिया,नेदरल्यान्ड बिच हुने ७ वटा T20 खेलको सर्वाधिकार एडी रिलिज प्रालिको रहेको क्यान संग सम्झौता भएको छ । टियु क्रिकेट मैदानमा हुने सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण डिसहोमको ACTION SPORTS HD र डिसहोम GO APP मार्फत हेर्न सकिनेछ ।
नेपालको क्रिकेट इतिहासमै पहिलोपटक यी खेलहरु हुन् लागिरहेको छ। यो सिरिजको मुख्य प्रायोजन डिसहोम फाइबरनेटले गरेको छ भने सह प्रायोजन डिएचाइ रहेको छ । अन्य प्रबर्दक ब्रान्डमा रेडबुल, धारा शुद्द तोरीको तेल, प्रभु बैंक,श्रीकेश हेयर ओइल, फूडमाण्डू, केएफसी र वेस्टर्न युनियन मनि ट्रान्सफर रहेका छन् ।