Sep 08 2024 | २०८१, भदौ २३ गते

आयरल्याण्ड ए माथि नेपाल ७१ रनले विजयी

आयरल्याण्ड ए माथि नेपाल ७१ रनले विजयी

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
  • आयरल्याण्ड ए माथि नेपाल  ७१ रनले विजयी

    काठमाडौँ । घरेलु टोली नेपालले दोस्रो टी-२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी २० सिरिज पनि जितेको छ ।

    images
    images

    जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए ।

    कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए । सन्दीप जोराले १० बलमा १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे ।

    आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।

    यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी २० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्नेछ । आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेलको सिरिज पनि खेल्नेछ ।a

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट