images

Jul 27 2024 | २०८१, साउन १२ गते

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
  • कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

    विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन् । 

    images

    आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । 

    आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए । 

    कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन्। यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राखेको थियो । यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार