images

Jul 27 2024 | २०८१, साउन १२ गते

रवीन्द्रनाथ टैगोरको अमर विरासतको सम्झनामा ओझालाई भानुसिंह साहित्य पुरस्कार प्रदान 

रवीन्द्रनाथ टैगोरको अमर विरासतको सम्झनामा ओझालाई भानुसिंह साहित्य पुरस्कार प्रदान 

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
  • रवीन्द्रनाथ टैगोरको अमर विरासतको सम्झनामा ओझालाई भानुसिंह साहित्य पुरस्कार प्रदान 

    काठमाडौँ । युगल कविता लेखन प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै नेपाली कवि सरोज ओझाले भानुसिंह साहित्य पुरस्कार जितेका छन् । नेपालका ओझासहित अन्य ६ देशका ११ जना विश्व कविहरुले उक्त पुरस्कार आफ्नो नाममा पारेका हुन् ।

    images

    साहित्यकार रवीन्द्रनाथ टैगोरको अमर विरासतको सम्झनामा बंगलादेशको ढाकामा रहेको द डेली ग्लोबल नेसन र भारतको कोलकातामा रहेको ग्लोबल राइटर्स एकेडेमीले आयोजना गरेको विश्वभरबाट कुल ४८ जना कविहरु प्रतिस्पर्धामा थिए । पुरस्कार विजेतामा मेसोडेनियाली कवि गोरडाना एन्डोनोव्स्का, वोत्स्ववनाका केनेथ मस्वाबी, टयुनिसियाबाट मिरियम गेजेल बेन ब्राहिम, फिलिपिन्सका मार्लोन सलेम ग्रुजो बोन्ड्रोफ, अजरवैजानकी एल्माया काबारोवा र भारतीय कविहरु कुमार मलाय, शुची पात्रा, हर्षद पण्डित, डा तस्नीम उस्ताद, देबश्रिता बसु छन्। 

    कालातीत कलात्मकता र पौराणिक कविको स्थायी प्रभावको वास्तविक उत्सव मनाउने क्रममा ग्लोबल राइटर्स एकेडेमीले भर्चुअल प्लेटफर्म मार्फत लिखित रूपमा कविता आव्हान गरेसँगै ओझा प्रतिस्पर्धामा होमिएका थिए ।  ओझाको युगलका रुपमा भारतकी कवि डा तस्नीम उस्तादसँगै आँखाबाट हुने प्रेमिल भावलाई कविता मार्फत प्रस्तुत गरेका थिए । 
    रवीन्द्रनाथ टैगोरको जन्मजयन्तीको स्मरणमा भानुसिंह पुरस्कार प्रदान गर्ने गरिन्छ । भारतीय कविताको परम्परागत विधा मानिने भानुसिंह कविताहरूले राधा र कृष्ण बीचको प्रेमको वर्णन गर्दछ ।

    अवार्ड हासिल गरेपछि नेपालका कवि सरोज ओझाले खुसी व्यक्त गर्दै आयोजक र समकक्षी डा उस्ताद प्रति आभार व्यक्त गरे । विश्वले रवीन्द्रनाथ टैगोरको चिरस्थायी विरासतलाई मनाउने क्रममा आयोजित प्रतियोगिता र लेखन कलाप्रतिको सम्मानले कविताको कलालाई प्रेरणा दिदै माथि उठाउनेमा आफू विश्वस्त रहेको पनि उनले  बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार