सुनको भाउ प्रतितोला १८ सय रुपैयाँ घट्यो, आज कतिमा हुनेछ कारोबार ?
सुनको भाउ प्रतितोला १८ सय रुपैयाँ घट्यो, आज कतिमा हुनेछ कारोबार ?
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँबाट घटेर १ लाख ३८ हजार ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला १९ सयबाट ३५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ पर्नेछ ।