Sep 08 2024 | २०८१, भदौ २३ गते

 आइसिसी टि ट्वान्टी :  नेपाल र अमेरिका भिड्दै

 आइसिसी टि ट्वान्टी :  नेपाल र अमेरिका भिड्दै

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १७ २०८१
  •  आइसिसी टि ट्वान्टी :  नेपाल र अमेरिका भिड्दै

    काठमाडौँ ।  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ । 
     
    अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि भएको अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यसैगरी अमेरिकाले टेष्ट राष्ट्र बङ्गलादेशविरुद्ध तीन खेलको शृङ्खला २–१ ले जितेको थियो । 
     
    विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का दक्षिण अफ्रिका र बङ्गलादेश छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग यही जेठ २२ गते खेल्नेछ । जेठ २९ गते श्रीलङ्कासँग दोस्रो खेल खेल्नेछ भने जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यस्तै नेपालले आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ । 

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट