Sep 08 2024 | २०८१, भदौ २३ गते

कीर्तपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : खेलकुदमन्त्री श्रेष्ठ 

कीर्तपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : खेलकुदमन्त्री श्रेष्ठ 

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १७ २०८१
  • कीर्तपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : खेलकुदमन्त्री श्रेष्ठ 

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताएका छन्।

    images
    images

    बिहीबार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताए।

    यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उनको विश्वास छ। उनले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटिका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए।

    उनले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदै छौँ भन्ने किसिमको सन्देश दिन लागेको बताए। उनले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल सुरु गर्ने पनि बताए।

    क्यानका सचिव पारस खड्काले पूर्वाधारको कुरा गर्दा अबको ५ महिनासम्म क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरु लागिसकेको बताए। उनले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष र महिला शौचालय निर्माण गर्ने, भिआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको उल्लेख गरे। उनले स्कोर बोर्डको टेण्डर पास भएको र फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेण्डर सकिएर काम सुरु हुने आशा रहेको बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट