Sep 08 2024 | २०८१, भदौ २३ गते

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
  • बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

    मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज  बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

    images
    images

    उनले प्रमाणीकरण गरेको विधयेकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । 

    ती दुई विधेयक प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षरगरी पठाएका थिए । दुवै विधेयक प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट