Sep 28 2024 | २०८१, असोज १२ गते

क्यान र मेटलाइफको साझेदारीमा नेपालको राष्ट्रिय क्रिकेट टोलीको आत्मविश्वास बढाउन बीमा सुरक्षा प्रदान

क्यान र मेटलाइफको साझेदारीमा नेपालको राष्ट्रिय क्रिकेट टोलीको आत्मविश्वास बढाउन बीमा सुरक्षा प्रदान

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १० २०८१
  • क्यान र मेटलाइफको साझेदारीमा नेपालको राष्ट्रिय क्रिकेट टोलीको आत्मविश्वास बढाउन बीमा सुरक्षा प्रदान

    काठमाडौं । २०२४– नवीन बीमा समाधानहरूको अग्रणी प्रदायक, मेटलाइफ नेपालले खुसीका साथ राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफुले गरेको साझेदारी घोषणा गरेको छ । नेपालमा क्रिकेट एउटा खेल मात्र होइन; यो राष्ट्रिय स्वाभिमान र एकताको कुरा हो ।

    images
    images

    एक जिम्मेवार कम्पनीको रूपमा, मेटलाइफ नेपालले खेलकुदको उच्च स्तरमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई व्यापक जीवन बीमा कभरेज उपलब्ध गराउनुको महत्त्वलाई मान्यता दिएको छ । अनिश्चितताको समयमा उनीहरूको भविष्य सुरक्षित गर्दै, यो पहलले खेलाडीहरूलाई निरन्तर सुरक्षा र मनको शान्ति प्रदान गर्ने उद्देश्य राख्दछ ।

    पुल्चोकस्थित मेटलाइफ नेपालको मुख्य कार्यालयमा क्रिकेट संघ र मेटलाइफ नेपालका प्रतिनिधिहरू मिलेर महत्वपूर्ण सहकार्यको शुरुवात गरेको उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यो साझेदारी अन्तर्गत,  मेटलाइफले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूका साथै क्यानका सदस्यहरूलाई अनुकूल जीवन र स्वास्थ्य बीमा योजनाहरू प्रदान गर्नेछ ।

    बीमा कभरेजमा खेलाडीहरूलाई जीवनको अप्रत्याशित चुनौतिहरूबाट आर्थिक रूपमा सुरक्षित हुने सुनिश्चितता गर्दै दुर्घटनामा मृत्यु भएमा १० लाख,  दुर्घटनाग्रस्त चिकित्सा क्षतिपूर्तिको लागि २ लाख र अस्पतालमा भर्ना भएमा १ लाख जस्ता लाभहरू समावेश गरिनेछ । राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका वर्तमान सचिव पारस खड्काले भने, “मेटलाइफले हाम्रा क्रिकेट टोली र क्यानका सदस्यहरूलाई सुरक्षा दिनुले आश्वस्तताको भावना ल्याएको छ । हामी मैदान भित्र र बाहिर दुबै तर्फ सुरक्षित छौ भन्ने आश्वासनले, हामीलाई आत्मविश्वासका साथ खेल्न र हामीलाई मनपर्ने खेलमा ध्यान केन्द्रित गर्न हामीलाई प्रेरणा दिनेछ।”

    मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भनेः “हामी राष्ट्रिय क्रिकेट टोलीलाई हाम्रो समर्थन प्रदान गर्न पाउँदा गर्व गर्छौं । जीवन सुरक्षित गर्न र आत्मविश्वासी भविष्य सक्षम गर्न प्रतिबद्ध कम्पनीको रूपमा, हामीले हाम्रो राष्ट्रको राजदूतको रूपमा सेवा गर्ने र हाम्रो राष्ट्रको गौरवको लागि लड्ने हाम्रा क्रिकेट टोलीका सुरक्षाको महत्त्व बुझ्दछौं । यस सहयोगले हाम्रो समुदायको भलाइका लागि हाम्रो अतुलनीय समर्पणलाई जनाएको छ ।“

    मेटलाइफ नेपालका बारेमा
    मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ । अधिक जानकारीका लागि www.metlife.com.np  मा जानुहोस् वा +९७७–१–५९७०१६६ मा सम्पर्क गर्नुहोस्। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार