Sep 19 2024 | २०८१, असोज ३ गते

विश्वपकप लिगः नेपाल र ओमान भिड्दै

विश्वपकप लिगः नेपाल र ओमान भिड्दै

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २ २०८१
  • विश्वपकप लिगः नेपाल र ओमान भिड्दै

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

    images
    images

    क्यानडाको किंग सिटी मैदानमा हुने उक्त खेल नेपाली समयानुसार आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आजको खेलमा नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।

    यस शृङ्खलाअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल यही असोज ६ गते खेल्ने छभने ८ गते ओमानसँग खेल्नेछ । यस त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र आयोजक क्यानडा सहभागी छन् । 

    एकदिवसीय त्रिकोणात्मक शृङ्खला यही असोज १० गतेसम्म सञ्चालन हुनेछ । यो खेल सकिएपछि यी तीन टोलीबीच टि–२० शृङ्खलाअन्तर्गतको खेल पनि हुनेछ । त्यसपछि नेपाली टोली लिग दुईको अर्को त्रिकोणात्मक शृङ्खला खेल्न त्यहीबाट अमेरिका जाने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट