Aug 22 2026 | २०८३, भदौ ६ गते

नेपाली घ्यु अब विदेशमा: डीडीसी खाडी मुलुकमा निर्यात गर्ने अन्तिम तयारीमा

नेपाली घ्यु अब विदेशमा: डीडीसी खाडी मुलुकमा निर्यात गर्ने अन्तिम तयारीमा

डीडीसी खाडी मुलुकमा निर्यात गर्ने अन्तिम तयारीमा

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ३ २०८३
  • नेपाली घ्यु अब विदेशमा: डीडीसी खाडी मुलुकमा निर्यात गर्ने अन्तिम तयारीमा

    काठमाडौं — दुग्ध विकास संस्थान (डीडीसी) ले नेपाली घ्युलाई दुबई लगायत खाडी मुलुकमा निर्यात गर्ने अन्तिम चरणको तयारी पूरा गरेको छ। संस्थानका अनुसार आगामी दिनमै यो निर्यात प्रक्रिया सुरु हुने सम्भावना रहेको छ।

    images

    कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले डीडीसीले खाडी मुलुक र चीनमा समेत घिउ निर्यात गर्ने तयारी गरिरहेको जानकारी दिएकी छन्। मन्त्री चौधरीका अनुसार हाल दुग्ध पदार्थको बिक्री ३५ प्रतिशतले बढेको छ, जसले संस्थानको उत्पादन तथा निर्यात क्षमतामा सकारात्मक असर पारेको देखिन्छ।

    डीडीसीले खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौताको अन्तिम तयारी गरिरहेको जनाएको छ, जसबाट वार्षिक करिब पाँच करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। साथै चीनतर्फ पनि घिउ निर्यातको प्रक्रिया अघि बढाइरहेको संस्थानले जनाएको छ।

    यसअघि नेपालले जापान लगायत ५ वटा मुलुकमा घिउ निर्यात गरिसकेको छ, जुन आर्थिक वर्ष २०७७/७८ मा सरकारी संस्थानबाट उत्पादित घिउ पहिलोपटक जापान निर्यात भएपछि सुरु भएको थियो। हाल मासिक करिब ५ हजार लिटर घिउ नेपालबाट निर्यात भइरहेको तथ्यांक रहेको छ।

    यसका साथै मन्त्री चौधरीले नेपालमा उत्पादन नहुने बाहेकका दुग्धजन्य पदार्थ आयातमा कानुनी रूपमा प्रतिबन्ध लगाइएको समेत स्पष्ट पारेकी छन्। कृषि क्षेत्रका विश्लेषकहरूका अनुसार यसरी नेपाली घ्युले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउनु स्वदेशी दुग्ध उद्योगका लागि सकारात्मक सन्देश हो, जसले किसान तथा दुग्ध सहकारीहरूलाई समेत प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट