Sep 17 2026 | २०८३, असोज १ गते

मन्त्री गौरी यादवको राजीनामा

मन्त्री गौरी यादवको राजीनामा

यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।

बिहीबार , भदौ २५ २०८३
बिहीबार , भदौ २५ २०८३
  • मन्त्री गौरी यादवको राजीनामा

    काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।

    एलपी ग्यासको अभाव र कालोबजारीका लागि व्यवसायी तथा उद्यमीहरूलाई दोष दिने विवादास्पद अभिव्यक्तिपछि यादवले राजीनामा दिएकी हुन्। बुधबार संसदको उद्योग समितिमा मन्त्री यादवले ग्यास अभावको मुख्य कारण व्यवसायी र उद्यमीहरूको बदमासी रहेको बताएकी थिइन्। साथै कर्मचारीहरूले सहयोग नगरेको र लाखौं रुपैयाँ लिएर इजाजतपत्र दिइएको समेत उनले गुनासो गरेकी थिइन्।

    यादवले देशमा हाल सञ्चालनमा रहेका ५८ वटै एलपी ग्यास कम्पनीको इजाजतपत्र खारेज गर्नुपर्ने र देशलाई त्यति धेरै ग्यास उद्योग आवश्यक नपरेको, बरु दुईवटा मात्रै पर्याप्त हुने तर्क अघि सारेकी थिइन्। उनको यस अभिव्यक्तिले ग्यास व्यवसायीहरूको कडा विरोध खेप्नुपरेको थियो र यो विषय प्रधानमन्त्रीसमक्ष समेत पुगेको थियो।

    समितिमा यस्तो अभिव्यक्ति दिएको भोलिपल्टै मन्त्री यादवले राजीनामा दिएकी हुन्। गत चैत २७ गते मन्त्री पदको शपथ लिएकी यादव यसअघि पनि विवादमा तानिएकी थिइन्; पेट्रोलको मूल्य वृद्धि हुँदा जानकारी चुहावट गरेको आरोप उनीमाथि लागेको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट