images

Nov 05 2026 | २०८३, कात्तिक १९ गते

महाकाली सिँचाइले ९७ प्रतिशत लक्ष्य भेट्यो

महाकाली सिँचाइले ९७ प्रतिशत लक्ष्य भेट्यो

बिहीबार , कात्तिक १९ २०८३
बिहीबार , कात्तिक १९ २०८३
  • महाकाली सिँचाइले ९७ प्रतिशत लक्ष्य भेट्यो

    काठमाडौं — आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले पहिलो त्रैमासमा २३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ, जसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले जानकारी दिए।

    उनका अनुसार कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ। आयोजनाले ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

    त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेका छन्। महानिर्देशक रजौरियाले यी चार ठूला आयोजनाले मात्रै १३९ करोड रुपैयाँ खर्च गरेको र त्यो विभागको कुल खर्चको ५८ प्रतिशत रहेको बताए।

    दाङको प्रगन्ना–बड्कापथले ८८.२ प्रतिशत प्रगति गरेको छ भने गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन्।

    "तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन्। दोस्रो त्रैमासमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ," महानिर्देशक रजौरियाले भने।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार