Sep 22 2026 | २०८३, असोज ६ गते

राजदूतमा सिफारिस भएकाहरूलाई एनआरएनएको हार्दिक बधाई

राजदूतमा सिफारिस भएकाहरूलाई एनआरएनएको हार्दिक बधाई

डायस्पोरासँग जोडिएका पूर्वपदाधिकारी समेटिनु सकारात्मक कदम भएको संघको प्रतिक्रिया

सोमबार, असोज ५ २०८३
सोमबार, असोज ५ २०८३
  • राजदूतमा सिफारिस भएकाहरूलाई एनआरएनएको हार्दिक बधाई

    काठमाडौं, असोज ४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले विभिन्न मुलुकका लागि प्रस्ताव गरेका राजदूतज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएको छ। भारत, चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (यूके), जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि प्रस्तावित सम्पूर्ण राजदूतले संघको तर्फबाट शुभकामना पाएका हुन्।

    संघले ज्ञान, अनुभव, विशेषज्ञता तथा व्यावसायिक पृष्ठभूमि भएका व्यक्तित्वलाई राजदूतमा सिफारिस गर्ने निर्णयलाई नेपाल सरकारको नवीनतम र सकारात्मक कदमका रूपमा लिएको जनाएको छ। शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा संघले यस्ता व्यक्तित्वको छनोटले कूटनीतिक नियोगको कार्यसम्पादनमा सुधार आउने विश्वास व्यक्त गरेको छ।

    विशेषगरी एनआरएनएका पूर्वपदाधिकारी तथा नेपाली डायस्पोरासँग नजिकबाट जोडिएर काम गरेका व्यक्तिहरू पनि राजदूतका लागि सिफारिस भएकोमा संघले खुसी व्यक्त गरेको छ। उहाँहरूको अनुभव, ज्ञान र नेपाली समुदायसँगको निकट सम्बन्धले सम्बन्धित मुलुकमा नेपालको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन तथा दूतावास र नेपाली समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने संघको विश्वास छ।

    नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउन तथा विदेशमा रहेका नेपाली समुदायका साझा हित र सरोकारका विषयमा राजदूतहरूसँग आगामी दिनमा सहकार्य र समन्वय गर्न पाउने अपेक्षा राखेको संघले जनाएको छ।

    अन्त्यमा, सिफारिस भएका सम्पूर्ण राजदूतले संसदीय सुनुवाइमा सफलता पाउन् र आगामी जिम्मेवारी सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरिएको छ। विज्ञप्तिमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका छन्। विज्ञप्ति सेप्टेम्बर २०, २०२६ को मितिमा जारी भएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट