images

Oct 08 2026 | २०८३, असोज २२ गते

चाडपर्वमा "दशैं विथ ब्ल्याक+डेकर" योजना सार्वजनिक, बम्पर विजेताले जित्नेछन् भियतनाम भ्रमण

चाडपर्वमा "दशैं विथ ब्ल्याक+डेकर" योजना सार्वजनिक, बम्पर विजेताले जित्नेछन् भियतनाम भ्रमण

असोज ११ गतेदेखि लागू हुने योजनामा पक्का उपहार, पाक्षिक लक्की ड्र र दुई वर्षको रिप्लेसमेन्ट वारेन्टी

मंगलबार, असोज २० २०८३
मंगलबार, असोज २० २०८३
  • चाडपर्वमा "दशैं विथ ब्ल्याक+डेकर" योजना सार्वजनिक, बम्पर विजेताले जित्नेछन् भियतनाम भ्रमण

    काठमाडौँ, असोज २०८३। बडादशैं, तिहार र छठको अवसरमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले "दशैं विथ ब्ल्याक+डेकर" नामक चाडपर्व योजना सार्वजनिक गरेको छ। असोज ११ गतेदेखि लागू हुने यो योजना "Stylish Living. Smart Choices." भन्ने मूल नारासहित ल्याइएको हो। यसमार्फत ग्राहकले प्रिमियम उपकरणको खरिदमा पक्का उपहारदेखि बम्पर पुरस्कारका रूपमा विदेश भ्रमणसम्मको अवसर पाउनेछन्।

    ११६ वर्षको इतिहास बोकेको ब्ल्याक+डेकर अमेरिकाको नम्बर १ ब्रान्डका रूपमा प्रिमियम ग्राहकहरूको पहिलो रोजाइ बन्दै आएको छ। नेपाली उपभोक्ताको चाडपर्वलाई थप उल्लासमय र सुविधाजनक बनाउने उद्देश्यले यो बृहत् अफर ल्याइएको कम्पनीले जनाएको छ।

    योजनाअन्तर्गत ब्ल्याक+डेकरका तोकिएका उत्पादन खरिद गर्ने ग्राहकले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किट जस्ता पक्का उपहार पाउन सक्नेछन्। योजना अवधिभर हरेक १५ दिनमा हुने पाक्षिक लक्की ड्रबाट भाग्यशाली विजेताले ब्ल्याक+डेकरको मिक्सर (मोडेल: MG550-IN) जित्नेछन्। साथै बम्पर लक्की ड्रका विजेताले भियतनाम भ्रमणको अवसर प्राप्त गर्नेछन्। दुवै ड्रमा सहभागी हुन ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध QR कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।

    गुणस्तरप्रति विश्वास दिलाउँदै ब्ल्याक+डेकरका उपकरणमा दुई वर्षको रिप्लेसमेन्ट वारेन्टी पनि उपलब्ध गराइएको छ।

    असोज ११ गतेदेखि सुरु भई सीमित अवधिसम्म लागू हुने यो योजनाअन्तर्गत ग्राहकले नेपालभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल (CG Digital) र ६ वटा एलजी ब्रान्ड शप (LG Brand Shop) शोरुम, आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्म cgdigital.com.np बाट खरिद गर्न सक्नेछन्।

    image001 (3).jpg

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट