इन्फिनिक्स जीटी ५० प्रो नेपालमा सार्वजनिक, मासिक रु. ४,२५० देखि ०% ईएमआई सुविधा
इन्फिनिक्स जीटी ५० प्रो नेपालमा सार्वजनिक, मासिक रु. ४,२५० देखि ०% ईएमआई सुविधा
मासिक रु. ४,२५० देखि ०% ईएमआई सुविधा
काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्स (Infinix) ले आफ्नो परफर्मेन्समा केन्द्रित जीटी सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन 'जीटी ५० प्रो' (Infinix GT 50 Pro) नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । गेमर तथा पावर प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा उन्नत कुलिङ प्रणाली, उच्च फ्रेम रेटमा गेमिङ गर्न मिल्ने सुविधा र गेमिङका लागि छुट्टै कन्ट्रोलजस्ता विशेषता छन् ।
'लिक्विड फ्लो, हाइपर परफर्मेन्स' को अवधारणामा आधारित जीटी ५० प्रोमा हाइड्रोफ्लो लिक्विड कुलिङ (HydroFlow Liquid Cooling), १४४ एफपीएस गेमिङ इकोसिस्टम र प्रेसर-सेन्स जीटी ट्रिगर्स जस्ता प्रविधि रहेका छन् । कम्पनीका अनुसार यी सुविधाले मोबाइल गेमिङलाई थप स्मूथ, रेस्पोन्सिभ र इमर्सिभ बनाउन सहयोग गर्छन् । फोन नेपालमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ, जसको मूल्य रु. ८४,९९९ तोकिएको छ ।
ग्राहकले सहज रूपमा फोन खरिद गर्न सकून् भनेर इन्फिनिक्सले ०% ईएमआई सुविधा पनि उपलब्ध गराएको छ । यस सुविधाअन्तर्गत मासिक किस्ता रु. ४,२५० बाट सुरु हुन्छ । रु. ८४,९९९ मूल्यको फोनका लागि रु. ५०,९९९ डाउन पेमेन्ट गर्नुपर्ने र बाँकी रु. ३४,००० फाइनान्स गरिने कम्पनीले जनाएको छ । ईएमआई सुविधा लागू हुने नियम तथा सर्तमा आधारित हुनेछ ।
उक्त सुविधा गुडविल फाइनान्स लिमिटेड, नियोफिन हायर पर्चेज प्रालि र एमएडब्लू (MAW) गरी सहभागी फाइनान्सिङ साझेदारमार्फत उपलब्ध हुनेछ । ०% ईएमआईका लागि आवेदन गर्दा ग्राहकले वैध नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (एनआईडी) पेस गर्नुपर्नेछ । फाइनान्सिङ स्वीकृति तथा लागू हुने नियम र सर्त सम्बन्धित फाइनान्सिङ साझेदारको नीति तथा आवश्यकताअनुसार निर्धारण हुनेछ ।
फोनमा लामो समयसम्म गेम खेल्दा वा भारी एप चलाउँदा उत्पन्न हुने तापक्रम व्यवस्थापन गर्न हाइड्रोफ्लो लिक्विड कुलिङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले लामो गेमिङ सेसनमा समेत परफर्मेन्स स्थिर राख्न र मल्टिटास्किङका बेला फोनको स्पिड र रेस्पोन्सिभनेस कायम राख्न मद्दत गर्ने दाबी गरिएको छ । १४४ एफपीएस गेमिङ इकोसिस्टमले विशेषगरी छिटो गतिका र प्रतिस्पर्धात्मक गेममा भिजुअल स्मूथनेस र रेस्पोन्सिभनेस राम्रो बनाउने कम्पनीको भनाइ छ ।
गेमिङका क्रममा थप नियन्त्रणका लागि दिइएको प्रेसर-सेन्स जीटी ट्रिगर्सले टचस्क्रिनबाहेकको अतिरिक्त कन्ट्रोल विकल्प प्रदान गर्छ । यसले छिटो गतिको गेममा कमान्ड दिन सहज बनाउने र स्मार्टफोनमै कन्सोल शैलीको अनुभव दिने उद्देश्य राखिएको छ । यसका साथै फोनमा डल्बी एटमोस (Dolby Atmos) सपोर्ट रहेको छ भने हाई-रेस अडियो र हाई-रेस अडियो वायरलेसको सुविधा पनि दिइएको छ । गेमिङ केन्द्रित कनेक्टिभिटी अनुभवलाई मजबुत बनाउन फोनमा समर्पित एन१ नेटवर्क चिप (N1 Network Chip) जडान गरिएको छ ।
डिजाइनका हिसाबले जीटी ५० प्रोले इन्फिनिक्सको जीटी सिरिजको विशिष्ट र बोल्ड पहिचानलाई निरन्तरता दिएको छ । कम्पनीका अनुसार जीटी कन्ट्रोल, उन्नत कुलिङ प्रणाली र गेमिङ केन्द्रित इन्टरफेससहितको यो फोनले सामान्य परफर्मेन्स स्मार्टफोनभन्दा फरक पूर्ण मोबाइल गेमिङ अनुभव दिने लक्ष्य राखेको छ । नेपालमा बढ्दो गेमर, क्रिएटर तथा प्रविधिप्रेमी समुदायका लागि यो उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ ।
जीटी ५० प्रो देशभरका अधिकृत इन्फिनिक्स रिटेल स्टोर तथा स्मार्टफोन आउटलेटमा उपलब्ध हुनेछ । उपलब्धता, ईएमआई योग्यता तथा फाइनान्सिङ प्रक्रियाबारे थप जानकारीका लागि ग्राहकले नजिकैको सहभागी आउटलेटमा सम्पर्क गर्न सक्नेछन् ।
नयाँ प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट मोबाइल अनुभव दिने विश्वव्यापी टेक्नोलोजी ब्रान्डका रूपमा परिचित इन्फिनिक्सले युवा तथा डिजिटल पुस्तालाई लक्षित गर्दै दमदार परफर्मेन्स, आधुनिक डिजाइन, नयाँ प्रविधि र पहुँचयोग्य मूल्यलाई संयोजन गरेर विभिन्न स्मार्टफोन तथा प्रविधि उत्पादन ल्याउँदै आएको छ ।
