images

Oct 01 2026 | २०८३, असोज १५ गते

CG Digital को दशैं–तिहार योजना: २५% सम्म छुट, सुनिश्चित उपहार र लकी ड्र

CG Digital को दशैं–तिहार योजना: २५% सम्म छुट, सुनिश्चित उपहार र लकी ड्र

घरको खुसी, दशैं तथा तिहारको उमंग" योजना देशभरका २८ वटा शोरुममा लागू

बिहीबार , असोज १५ २०८३
बिहीबार , असोज १५ २०८३
  • CG Digital को दशैं–तिहार योजना: २५% सम्म छुट, सुनिश्चित उपहार र लकी ड्र

    काठमाडौं। सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सिजी डिजिटलले दशैं तथा तिहारको अवसरमा देशभरका आफ्ना २८ वटा शोरुममार्फत "घरको खुसी, दशैं तथा तिहारको उमंग" योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले घरायसी इलेक्ट्रोनिक्स र होम अप्लायन्सका विभिन्न उत्पादनमा २५% सम्मको छुट पाउनेछन्।

    योजनामा लकी ड्रमार्फत ६ जना भाग्यशाली विजेता छनोट गरिनेछ, जसले स्मार्टफोनलगायतका आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। साथै केही उत्पादन खरिदमा सुनिश्चित उपहार (सेयोर शट गिफ्ट) उपलब्ध गराइएको छ। ८ र ९ केजीका वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेलसहित वाशिङ मेसिन कभर, डिशवासर खरिदमा २ वटा वाशिङ ट्याब्लेट, ४३ देखि ६५ इन्चसम्मका एलईडी टिभीमा वाल ब्राकेट र एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइनेछ।

    ग्राहकले छुट र उपहारका साथै ०% ब्याजमा ईएमआई, एक्सचेन्ज तथा ईएमआई सुविधा, निःशुल्क डेलिभरी, योग्य उत्पादनमा एक्सचेन्ज बोनस, प्रिभेन्टिभ मेन्टेनेन्स सेवा र लोयल्टी क्लब रिवार्ड कार्यक्रमको सुविधा पनि पाउनेछन्। योजनाअन्तर्गत टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, डिशवासर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनर र किचन अप्लायन्सलगायत उत्पादन खरिद गर्न सकिनेछ।

    हाल सिजी डिजिटल र एलजी ब्रान्ड सपका शोरुममार्फत एलजी, सिजी, टिसिएल, गोदरेज, मिडिया, क्रम्पटन, बेको, सेन्सेई, केन्ट, एलिका, सिजी मेरिडिया, ब्ल्याक एन्ड डेकर र बर्ली जस्ता ब्रान्डसँगै नथिङ, मोटोरोला र एआई प्लस जस्ता मोबाइल ब्रान्ड पनि एउटै थलोमा उपलब्ध छन्। "अल ब्रान्ड्स इन वान रुफ" अवधारणाअनुसार ग्राहकले एकै ठाउँमा विभिन्न ब्रान्ड तुलना गरी आफ्नो आवश्यकताअनुसारको छनोट गर्न सक्छन्।

    कम्पनीले योजनाका विस्तृत नियम तथा सर्तबारे जानकारीका लागि नजिकैको सिजी डिजिटल शोरुममा सम्पर्क गर्न आग्रह गरेको छ। नियम तथा सर्तहरू लागू हुने र केही अफर तथा उपहार निश्चित उत्पादन र अवधिमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार