images

Oct 14 2026 | २०८३, असोज २८ गते

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानको सुरुवाती चरणमै तीन भाग्यशाली उपभोक्ता विजेता; १८ बाइक, १८ स्कुटर र बम्पर पुरस्कारस्वरूप कार जित्ने अवसर अझै बाँकी

बुधबार, असोज २८ २०८३
बुधबार, असोज २८ २०८३
  • म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

    काठमाडौं, २८ असोज २०८३

    म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन्। बनेपाका कुमार राज र धादिङको गल्छीका संयोग रिमालले यामाहा एफजेडएफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जित्न सफल भएका छन्।

    म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनै विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन्। क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा खुसी थपिएको छ।

    पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संयोग रिमालले भने, “क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइनँ। पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन। यसपालीको दशैं म्याक्स टाइगरले साँच्चै विशेष बनाइदियो।”

    PHOTO-2026-10-13-16-40-33.jpg.jpeg

    म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो। अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेडएफआई मोटरसाइकल, अर्का १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन्।

    सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह थप बढेको कम्पनीले जनाएको छ। दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव दिने उद्देश्यले ल्याइएको यो अभियानले आगामी दिनमा अझ धेरै उपभोक्ताको दशैं विशेष बनाउने अपेक्षा गरिएको छ।

    अभियान अझै जारी रहेकाले पुरस्कार जित्ने अवसर बाँकी नै छ। म्याक्स टाइगरको प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा थप उत्सुकता जगाएको छ। यो दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने उत्सुकता पनि थपिएको छ।

    PHOTO-2026-10-13-16-40-48.j.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार