Sep 19 2024 | २०८१, असोज ३ गते

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २५ २०७९
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २५ २०७९
  • गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस

    काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका छन् । 

    images
    images

     सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएर नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

    एमालेका २२, नेकपा (माओवादी केन्द्रका) आठ, राप्रपाका दुई र स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थन छ । मुख्यमन्त्रीको आजै शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

    अधिकारी कास्की  प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनि एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखसमेत रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट