images

Sep 30 2026 | २०८३, असोज १४ गते

दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

अनुसन्धान गर्न अदालतको अनुमति

मंगलबार, असोज १३ २०८३
मंगलबार, असोज १३ २०८३
  • दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं।

    साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

    नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले अदालतबाट तीन दिनको म्याद पाइएको जानकारी दिए। उनका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।

    प्रसाईंलाई सोमबार दिउँसो प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनीमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

    प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट