Sep 16 2026 | २०८३, भदौ ३१ गते

तेल चोरी हुँदै गर्दा रंगेहात: दुई ट्याङ्कर नियन्त्रणमा

तेल चोरी हुँदै गर्दा रंगेहात: दुई ट्याङ्कर नियन्त्रणमा

मंगलबार, भदौ ३० २०८३
मंगलबार, भदौ ३० २०८३
  • तेल चोरी हुँदै गर्दा रंगेहात: दुई ट्याङ्कर नियन्त्रणमा

    भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ बीच बाटोमै चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमको भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका दुई ट्याङ्कर तेल निकालिरहेको अवस्थामा फेला पारेको थियो। त्यसको करिब एक घण्टापछि प्रहरी टोलीले दुवै ट्याङ्करलाई सहचालकसमेत नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा परेका ट्याङ्करहरू लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका रहेका छन्। प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर सराफ आयल सेन्टरमा पुगेका थिए, जहाँ प्रहरीले छापा मार्दा तेल चोरी भइरहेको फेला परेको हो।

    यस्तै प्रकृतिका घटना विगतमा पनि भलवारी डिपोका लागि तेल ढुवानी गर्ने ट्याङ्करहरूबाट भइरहेको उल्लेख गर्दै, ट्याङ्करको सिल तोड्दा अनिवार्य रूपमा भत्किने भए पनि भलवारी डिपोले आयातित पेट्रोलियम पदार्थको नापजाँच प्रभावकारी रूपमा नगर्ने गरेको कारण यस्तो चोरीमा आयल निगमका केही अधिकारीको समेत संलग्नता रहन सक्ने आशंका व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार