images

Sep 30 2026 | २०८३, असोज १४ गते

पहिरोपछि बीपी राजमार्गमा चहलपहल, तर सीमित सञ्चालन

पहिरोपछि बीपी राजमार्गमा चहलपहल, तर सीमित सञ्चालन

तर सीमित सञ्चालन

मंगलबार, असोज १३ २०८३
मंगलबार, असोज १३ २०८३
  • पहिरोपछि बीपी राजमार्गमा चहलपहल, तर सीमित सञ्चालन

    लगातारको झरी, पहिरो तथा रोशी नदीको कटानका कारण ठाउँठाउँमा अवरुद्ध रहेको बीपी राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ। खुर्कोट–भकुण्डेबेँसी खण्डमा अवरोध हटाउने कार्य भइरहेको बताउँदै काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सडक दिउँसोदेखि खुल्न सक्ने जानकारी दिएका थिए।

    हाल राजमार्गमा साना सवारीसाधन मात्र सञ्चालनमा रहेका छन् भने ठूला तथा मालवाहक गाडीलाई भने तोकिएको समयसम्म रोक लगाइएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको बीपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको थियो, जसलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो (टोकन) प्रणाली लागू गर्दै मालवाहक गाडीलाई रातको समयमा मात्र सञ्चालन गर्न दिने व्यवस्था मिलाएको छ।

    जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गको क्षमतालाई ध्यानमा राख्दै साँघुरो सडकमा १० टनभन्दा बढी भार भएका सवारीसाधन सञ्चालन गर्दा जोखिम रहने भन्दै यस्तो निर्णय गरेको हो।

    सुरक्षा निकाय र प्राविधिकहरूले क्षतिग्रस्त सडकको निरन्तर अनुगमन गरिरहेका छन्। सडक विभागका अनुसार हाल बीपी राजमार्गसहित पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक पनि सञ्चालनमा रहेका छन्, यद्यपि कतिपय खण्डमा अझै एकतर्फी सञ्चालन वा समयसीमा लागू गरिएको छ।

    यात्रुहरूलाई सडकको अवस्था र सुरक्षा निकायको सूचना पछ्याएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट