Dec 03 2024 | २०८१, मंसिर १८ गते

images

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १७ २०८०
  • बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

    काठमाडौं। विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको सु-अवसरमा स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ । 
    छुट अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । यो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहने बताइएको छ भने छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्ने पनि उल्लेख गरिएको छ ।
    स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूणर् शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।
    अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट