Sep 17 2024 | २०८१, असोज १ गते

सुन प्रकरणकाे अनुसन्धान जारी : सरकारले हङकङलाई पत्र काट्याे

सुन प्रकरणकाे अनुसन्धान जारी : सरकारले हङकङलाई पत्र काट्याे

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • सुन प्रकरणकाे अनुसन्धान जारी :  सरकारले हङकङलाई पत्र काट्याे

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको बताए ।

    images
    images


    उनले भने, उहाँहरूले सत्ताबाहिर भएपछि सदन रोक्नुभएको छ। सदन चल्न दिनुपर्छ विषयवस्तु त्यहीँ आउँछन् । सबैले आफ्नो कुरापछि निष्कर्ष निस्किन्छ ।’

    उनले सुन प्रकरणको विषयमा अनुसन्धान जारी रहेको बताउँदै हङकङलाई पनि पत्र काटेको बताए ।

    सत्ता साझेदार कांग्रेसका नेता लगालग पक्राउ भइरहेकोमा प्रधानमन्त्री र गृहमन्त्री तथा स्वयं सरकारले प्रतिशोध साँधेको कांग्रेसीजनको टिप्पणीमा महतले सरकार पूर्वाग्रही नहुने जिकिर गरेका छन् ।

    उनले भने, ‘सरकार पूर्वाग्राही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन । देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । दोषी कानूनको कठघरामा आउनुपर्छ । कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ । को-को संलग्न छन् सबै कानूनी कठघरमा आउनुपर्छ ।’

    उनले अहिले सत्ता समीकरण फेरिने कुनै सम्भावना नरहेको दाबी गर्दै अफवाह फैलाएको दाबी गरे ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार