Sep 17 2024 | २०८१, असोज १ गते

शक्तिकेन्द्रको आड पाएका महरा पुत्रले भने– सुन तस्करी प्रकरणमा संग्लन भएकाे प्रमाणित गर !

शक्तिकेन्द्रको आड पाएका महरा पुत्रले भने– सुन तस्करी प्रकरणमा संग्लन भएकाे प्रमाणित गर !

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • शक्तिकेन्द्रको आड पाएका  महरा पुत्रले भने– सुन तस्करी प्रकरणमा संग्लन भएकाे प्रमाणित गर !

    काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा ९ किलो सुन प्रकरणमा जोडिएपछि महरापुत्र राहुलले पहिलोपटक मुख खोलेका छन्।

    images
    images

    राहुलले आज भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दैअसन्तुष्टि समेत जनाएका छन्।

    सोमबार सामाजिक सञ्जालमार्फत महराले कोही कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न नहुने प्रष्टीकरण दिएका छन्।
    ‘राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौं।’

    उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्-हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं।

    पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं। सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो।

    संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौं। हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो। राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ’ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार