images

Sep 30 2026 | २०८३, असोज १४ गते

उच्चस्तरीय छानबिन समिति नबन्ने, महरामाथि छानविन गर्न गठबन्धन भित्रबाटै दबाव

उच्चस्तरीय छानबिन समिति नबन्ने, महरामाथि छानविन गर्न गठबन्धन भित्रबाटै दबाव

मंगलबार, साउन ३० २०८०
मंगलबार, साउन ३० २०८०
  • उच्चस्तरीय छानबिन समिति नबन्ने, महरामाथि छानविन गर्न गठबन्धन भित्रबाटै दबाव

    प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले सुन प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नहुने निष्कर्ष निकालेका छन्। 

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शीर्ष नेताहरूबीच बसेको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउँदा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको अनुसन्धानलाई नै अवरोध हुने निष्कर्ष निकालेको हो। 

    यसरी छानबिन समिति बनाउँदा अहिले भइरहेको अनुसन्धानमा समेत असर हुने बैठकको निष्कर्ष रहेको नेकपा (एकीकृत समाजवादी पार्टी)का नेता राजेन्द्र पाण्डेले जानकारी दिए। 

    ‘लामो समयदेखि संसद अवरोध छ। प्रतिपक्षीहरूले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छन्। यता सिआइबीले सुन तस्करीको विषयमा छानबिन गरिरहेकै छ। यो अवस्‍थामा आवश्यक छ कि छैन भन्नेबारे छलफल भयो,’ उनले भने, ‘उच्चस्तरीय समिति माग्नु भनेको भइरहेको छानबिनलाई अवरोध गर्नु र अहिलेको छानबिनलाई डाइभर्ट गर्नु भन्ने खालको छलफल रह्यो।’

    त्यस्तै पूर्व सभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नताबारे पनि छलफल भएको उनले बताए। 
    यसबारेमा शीर्ष नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सोधेका थिए। 

    अहिले छानबिनकै क्रममा रहेको हुँदा एक हदसम्म अनुसन्धान भएपछि मात्रै बताउन सक्ने जवाफ दिएका थिए। 

    बालुवाटार बैठकमा महरामाथि छिटाे छानविन गर्नुपर्ने दबाव गठबन्धनका नेताहरुले गृहमन्त्रीलाई दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट