Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं : प्रचण्ड

संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं : प्रचण्ड

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी निरन्तर छलफलमा छौं । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं,’ उनले भने ।

    संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भनेर राष्ट्रपतिबाट व्यक्त शुभेच्छा सकारात्मक रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका थिए ।

    ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन, राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।


    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट