Sep 19 2024 | २०८१, असोज ३ गते

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • आज पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

    प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । 

    images
    images

    मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

    संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको हो ।

    'मंगलबार दिउँसो ३ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक २०८० साल भदौ ६ गते बुधबार  दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,' संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार