Sep 19 2024 | २०८१, असोज ३ गते

सर्वदलीय बैठक निष्कर्षविहीन, अबका बैठकमा सहभागी नहुने रविकाे संकेत

सर्वदलीय बैठक निष्कर्षविहीन, अबका बैठकमा सहभागी नहुने रविकाे संकेत

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • सर्वदलीय बैठक निष्कर्षविहीन, अबका बैठकमा सहभागी नहुने रविकाे संकेत

    काठमाडौं । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ ।

    images
    images

    आज (मंगलबार) को बैठकमा उच्चस्तरीय छानविन समितिको मस्यौदा प्रस्तुत हुने भनिएपनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन बनेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको बताएका छन् । सर्वदलीय बैठकपछि उनले अब भोलिको बैठकमा आफूहरु नजाने संकेत गरे ।

    उनले भने, ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन । सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौं ।’

    आज समितिको विषयलाई टुंग्याएर संसद चलाउने तयारी थियो । तर, प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई देखाएर बैठक सारेपछि रविले असन्तुष्टि जनाएका हुन् ।

    बैठक भोलि (बुधबार) विहान ११ बजे बस्ने गरी स्थगित भएको छ  ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार